बलात्कार आरोपमा पण्डित पक्राउ

काठमाण्डु टुडे २०८० भदौ १३ गते १९:४१ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– उदयपुरको कटरीबाट बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१६ घर भई हाल कटारी नगरपालिका–४ बस्ने ४२ वर्षीय दिनेश पण्डित जबर्जस्ती करणी आरोपमा पक्राउ परेका हुन् ।

एक २८ वर्षीया युवतीले डर त्रासमा पारेर आफूलाएै पण्डितले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले त्यसबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us