
चितवन, १४ भदौ– पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणघाट सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ ।
नाम्सी खोला पुल नजिकै पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको थियो ।
मेशिन प्रयोग गरी पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सिनियर डिभिजनल इन्जिनियर रमेश प्रसाद पौडेलले बताए ।
पहिरोले सडक अवरुद्ध हुँदा करिब दुई घन्टा सवारी आवागमन प्रभावित भएको थियो ।