
चितवन, १४ भदौ– पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
टोपे खोलामा बिहान पहिरो खसेपछि उक्त सडकखण्ड बन्द भएको हो । पहिरो पन्छाएर एकतर्फी रुपमा बाटो खुलाइएको छ । दुईतर्फी बाटो खुलाउन केही घण्टा लाग्ने चितवन प्रहरीले जनाएको छ ।
वर्षात लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।