नबील बैंकको एटिएम फुटाउँदै गरेका युवा पक्राउ

काठमाण्डु टुडे २०८० भदौ १४ गते १०:१४ मा प्रकाशित

भक्तपुर, १४ भदौ– एटिएम मेशिन फुटाएर रकम चोरी गर्न खोज्ने एक जनालाई बिहीबार बिहान प्रहरीेले भक्तपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका–२ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु छन् ।

भक्तपुर कमलविनायकमा हरेको भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी रकम चोरीको प्रयास गरिहेका बेला उलाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।

खासुको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो बरामद भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us