इन्जिनिरयद्वारा घरेलु कामदारमाथि बलात्कार

काठमाण्डु टुडे २०८० भदौ १३ गते २०:२७ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– घरेलु कामदारलाई जबरजस्ती करणी गरेको अभियोगमा एक इन्जिनियर पुर्पक्षका लागि थुनामा गएका छन् ।

काठमाण्डु जिल्ला अदालतले इन्जिनियर हरिकुमार पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलासले ८ भदौमा उक्त आदेश दिएको अदालत प्रशासनले जनाएको छ ।

पोखरेलमाथि मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना निर्देशक रहेका बेला बलात्कार गरेको भन्दै घरेलु कामदारका रुपमा कार्यरत महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडितले आफूमाथि पोखरेलले पटकपटक यौनजन्य दुव्र्यवहार र बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । उनले गत ५ साउनमा जिल्ला प्रहरी परिसर काठमाण्डुमा जाहेरी दिएकी थिइन् । अदालतले ८ साउनमा पक्राउ पुर्जी जारी गरेपछि फरार पोखरेल १२ साउनमा पक्राउ परेका थिए ।

यसैबीच पोखरेलसँग मिलापत्रका लागि दबाब दिने चेतन न्यौपाने र रन्जितकुमार जैसवाल जनही तीन लाख पचास हजार धरौटीमा रिहा भएका छन् ।

मिलापत्रका लागि दबाब र प्रलोभन दिएको भन्दै पीडितले जाहेरी दिएपछि भोजराज रेग्मी र अमन तामाङ फरार छन् । उदयपुरको कटरीबाट बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us