
काठमाण्डु, १४ भदौ– सांस्कृतिक पर्व गाइजात्राका अवसरमा काठमाण्डु महानगरपालिकाले आज र भोलि सहरका विभिन्न सडकमा सवारी साधन निषेध गरेको छ ।
महानगरले बिहीबार एक सूचना जारी गर्दै ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा) का लागि प्रयोग हुने सडकमा दुई दिन सवारी आवागमन निषेध गरिएको उल्लेख छ ।
गाइजात्रा हुने स्थानहरु असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैशिदेवल, ज्याबहाल लगन चोक, गोफल, ब्रम्हटोल, वन्डे ह्युमत, जैशिदेवल, कोहिटि, भिमसेनस्थान, मरू टोल प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्हयोखा, बाङ्गेमुढा, न्हैकन्तला, असन, कमलाछि, भोटाहिटी हुँदै असनसम्मका सडकमा सवारीसाधन निषेध गरिकएको सूचनामा उल्लेख छ ।
जानकारी दिएको छ ।