नदीले बगाएर सात तीर्थालुको मृत्यु

२०७० साउन २१ गते १०:२५

सिन्धुली, २१ साउन । सिन्धुलीको कमला नदीमा आएको बाढीेले बगाउँदा सात तीर्थालुको मृत्यु भएको छ । अरु तीन जना नदीमा बेपत्ता भएका छन् । हतपते गाविसको जरायोटारस्थित मधुगंगा महादेवको दर्शन गर्न गएकाहरूलाई नदीले बगाएको हो । साउने सोमबारको व्रत बसेकाहरू पूजापाठका लागि मन्दिर जाने...

असन्तुष्ट सहमतिमा आउँछनः देउवा

२०७० साउन २१ गते १०:१३

काभ्रे, २१ साउन । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचन प्रक्रियामा असन्तुष्ट दल पछिल्लो समय निर्वाचनमा सहभागिता जनाउन सकारात्मक देखिएको बताएका छन् । नेपाल प्रेस युनियनले धुलिखेलमा गरेको ‘नेपालमा मिडिया र पब्लिक सुरक्षा’ विषयक कार्यक्रममा सोमबार देउवाले निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितका...

सैनिक बढुवामा आयोगको सहमति

२०७० साउन २१ गते ९:२७

काठमाडौँ, २१ साउन । निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको नेपाली सेनाका उच्च अधिकृतलगायतको बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । आयोगले बढुवा प्रक्रिया अघि बढाउन सहमति दिएपछि सेनाले रिक्त पद पूर्तिको तयारी थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव...

सरकारले मुकेशको थप उपचार गर्ने

२०७० साउन २१ गते ६:५५

काठमाडौँ, २१ असार । जनआन्दोलन २०६२/०६३ का घाइते मुकेश कायस्थको थप उपचारका लागि सरकारले अग्रसरता देखाएको छ । मुकेशको स्वास्थ्यमा सुधारदेखिएपछि उनकी आमाको अनुरोधमा थप उपचारका लागि सरकार अग्रसर भएको हो । सरकारले मुकेशको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी १५ दिनभित्र सुझाव दिन न्यूरो...

एनआरएन अध्यक्षमा थापाले उम्मेद्वारी दिने

२०७० साउन २१ गते ६:४७

काठमाडौँ, २१ साउन ।  गैरआवासीय नेपाली संघ एनआरएनएका संरक्षक रामप्रताप थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । थापाले राजधानीमा राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका हुन् । उम्मेदवारी घोषणासँगै थापाले आफू नेतृत्वमा आए गैरआवासीय नेपालीका समस्या समाधानका लागि योजनाबद्ध रुपमा...

अफगानिस्तान र पाकिस्तानमा बाढीले ८० को मृत्यु

२०७० साउन २१ गते ६:३२

काठमाडौँ, २१ साउन । पूर्वी अफगानिस्तान पाकिस्तानको सीमावर्ती क्षेत्रमा आएको बाढीका कारण कम्तिमा ८० जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीमा सयौं मानिस हराई रहेका छन् । अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अफानिस्तानको राजधानी काबुलनजिकै सरोबी जिल्लामा बाढीका कारण ३४ जनाको...

कोइरालाले दिल्लीमा भेटवार्ता थाल्दै

२०७० साउन २१ गते ६:२४

काठमाडौँ, २१ साउन । साताव्यापी भारत भ्रमणमा रहेका काँग्रेस सभापति सुशील कोइरालाले आजबाट उच्चस्तरीय राजनीतिक भेटवार्ता थाल्दै हुनुहुन्छ । महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाका साथ हिजो दिल्ली पुगेका कोइरालाले आज प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेट साँझ ५ बजे नयाँदल्लीमा...

वार्ताको एजेण्डा तय गर्न वैद्य मोर्चाको बैठक बस्दै

२०७० साउन २१ गते ६:२१

काठमाडौँ, २१ साउन । सरकार र उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ताको एजेण्डा तय गर्न नेकपा–माओवादी नेतृत्वको मोर्चाको बैठक आज बस्दै छ । उच्चस्तरीय समितिले वार्तामा आउन अपिल गर्दै तेस्रोपल्ट पत्र पठाएलगत्तै मोर्चा वार्ताको एजेण्डा तय गर्ने गृहकार्यमा जुटेको हो । उच्चस्तरीय समितिले वार्तामा आउन अपिल...

नेपाली मुद्रा इतिहासकै कमजोर

२०७० साउन २१ गते ६:२०

काठमाडौँ, २१ साउन । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्ने क्रम नरोकिएपछि बजारमा नेपाली रुपैयाँ कमजोर बनेको हो । हिजो ९८ रुपैयाँको हाराहारीमा कारोबार भएको अमेरिकी डलरको मूल्य नेपाल राष्ट्रबैंकले आजका लागि ९८ रुपैयाँ ५५ पैसा...

खुकुरामा प्रतिबन्धपछि खसी र माछा महँगो

२०७० साउन २१ गते ६:१८

काठमाडौँ, २१ साउन । बर्डफ्लु संक्रमणमा कारण सरकारले कुखुरा र कुखुराजन्य पर्था ओसार पसार तथा बिक्री वितरणमा रोक लगाएपछि उपत्यकामा खसीको मासु र माछाको व्यापार ह्वात्तै बढेको छ । खपत बढेसँगै खसीको मासु र माछाको मूल्यमा पनि वृद्धि भएको छ । कुखुरा बेच्न प्रतिबन्ध...

नेपाली राष्ट्रिय टिम बहराइन प्रस्थान

२०७० साउन २० गते १५:१४

काठमाडौँ, २० साउन । साफ  च्यापियनसिप फुटबलको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेल खेल्न बहराइन प्रस्थान गरेको छ । डेढ महिनादेखि काठमाडौँमा अभ्यास गरिरहेको नेपाली टिम अइतबार त्यसतर्फ प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरेको २५ खेलाडीमध्ये २३ खेलाडी...

निर्वाचनबारे राष्ट्रपतिको चासो

२०७० साउन २० गते १४:४५

काठमाडौँ, २० साउन । राष्ट्रपति रामवरण यादवले मंसिर ४ गतेको संविधानसभा चुनावको तयारीबारे दलहरुसँग जिज्ञासा राख्नुभएको  छ । राष्ट्रपति यादवलाई भेट्न आइतबार शीतलनिवास पुगेका एमाले शीर्ष नेतासँग उहाँले निर्वाचन तयारीबारे चासो राख्नुभएको हो । एमाले उपाध्यक्ष बामदेब गौतम र महासचिब ईश्वर पोखरेलसँको भेटमा राष्ट्रपति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us