सरकारले मुकेशको थप उपचार गर्ने

काठमाण्डु टुडे २०७० साउन २१ गते ६:५५ मा प्रकाशित

काठमाडौँ, २१ असार । जनआन्दोलन २०६२/०६३ का घाइते मुकेश कायस्थको थप उपचारका लागि सरकारले अग्रसरता देखाएको छ ।
मुकेशको स्वास्थ्यमा सुधारदेखिएपछि उनकी आमाको अनुरोधमा थप उपचारका लागि सरकार अग्रसर भएको हो । सरकारले मुकेशको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी १५ दिनभित्र सुझाव दिन न्यूरो सर्जन डा. नीलमकुमार खड्काको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरको समितिमा न्यूरो फिजिसियन डा. डीबी शाह, इएनटी सर्जन डा. लालकिशोर यादव, अप्थाल्मोलोजिष्ट डा. पूजा कार्की र परामर्शदाता डा. अनन्त अधिकारी रहेका छन ।
कायस्थ जनआन्दोलनका क्रममा २०६२ साल चैत्र २७ गते काभ्रेको बनेपास्थित तीन दोबाटोमा प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागि गम्भीर घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us