निर्वाचनबारे राष्ट्रपतिको चासो

काठमाण्डु टुडे २०७० साउन २० गते १४:४५ मा प्रकाशित

काठमाडौँ, २० साउन । राष्ट्रपति रामवरण यादवले मंसिर ४ गतेको संविधानसभा चुनावको तयारीबारे दलहरुसँग जिज्ञासा राख्नुभएको  छ ।

राष्ट्रपति यादवलाई भेट्न आइतबार शीतलनिवास पुगेका एमाले शीर्ष नेतासँग उहाँले निर्वाचन तयारीबारे चासो राख्नुभएको हो । एमाले उपाध्यक्ष बामदेब गौतम र महासचिब ईश्वर पोखरेलसँको भेटमा राष्ट्रपति यादवले असन्तुष्ट दललाई सहमतिमा ल्याएर निर्वाचनको वातावरण सहज बनाउन  आग्रह गर्नुभएको छ ।

राष्ट्रपतिले दलहरुबीच भैरहेका छलफल र वार्ताका विषयमा जिज्ञाशा राख्नुभएको र  असन्तुष्ट दललाई सहमतिमा ल्याउन गम्भीर पहल गर्न सुझाव दिनुभएको भेटपछि महासचिव पोखरेलले जानकारी दिनुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us