एनआरएन अध्यक्षमा थापाले उम्मेद्वारी दिने

काठमाण्डु टुडे २०७० साउन २१ गते ६:४७ मा प्रकाशित

काठमाडौँ, २१ साउन ।  गैरआवासीय नेपाली संघ एनआरएनएका संरक्षक रामप्रताप थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
थापाले राजधानीमा राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका हुन् । उम्मेदवारी घोषणासँगै थापाले आफू नेतृत्वमा आए गैरआवासीय नेपालीका समस्या समाधानका लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

थापाले यसअघि एनआरएन उपाध्यक्षसमेत रहेर काम गरिसकेका छन् । यसका साथै उनले विभिन्न कार्यदल तथा अनुशासन समितिमा समेत भूमिका निर्वाह गरेका छन् । एनआरएनको छैटौँ महाधिवेशन आगामी अक्टोबर ११ देखि २२ तारिखसम्म काठमाडौँमा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us