असन्तुष्ट सहमतिमा आउँछनः देउवा

काठमाण्डु टुडे २०७० साउन २१ गते १०:१३ मा प्रकाशित

काभ्रे, २१ साउन । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचन प्रक्रियामा असन्तुष्ट दल पछिल्लो समय निर्वाचनमा सहभागिता जनाउन सकारात्मक देखिएको बताएका छन् ।
नेपाल प्रेस युनियनले धुलिखेलमा गरेको ‘नेपालमा मिडिया र पब्लिक सुरक्षा’ विषयक कार्यक्रममा सोमबार देउवाले निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितका दल सहमतिमा आउने दाबी गरे । सहमति प्रयासमा असन्तुष्ट दलसँग आफूले पनि छलफल गरेको र उनीहरु निर्वाचन प्रक्रियामा सामेल हुन सकारात्मक रहेको देउवाको दाबी थियो ।

लोकतन्त्रमा निर्वाचनको विकल्प नरहेको भन्दै देउवाले सबै सिमलेर तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने औंल्याए । नेता देउवाले निर्वाचनमार्फत दुवै माओवादीलाई लोकतान्त्रिक विधि र प्रक्रियामा ल्याएरै छाड्ने अठोट व्यक्त गरे ।

कार्यक्रममा पत्रकार युवराज घिमिरे र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले छुट्टाछुट्टै कार्यपत्र पेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us