खेलकुद

नेपाल भारतसँग २३ रनले पराजित

२०८० असोज १६ गते १०:१९

काठमाण्डु, १६ असोज–चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३रनले पराजित भएको छ। मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएकोनेपालले ९ विकेटको क्षतिमा १७९ रन जोड्यो ।  नेपालका ओपनरद्वय कुशल भुर्तेल २८ रन र...

भारतले दियो नेपाललाई २ सय ३ रनको लक्ष्य

२०८० असोज १६ गते ९:२४

काठमाण्डु, १६ असोज–चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई  २०३ रनको लक्ष्य दिएको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२रन जोड्यो । नेपाल र भारतबीच टी–२० मा पहिलोपटक आमनेसामने भएका...

भारतविरुद्धको खेलमा सन्दिप लामिछानेले नेपाललाई दिलाए अर्को सफलता

२०८० असोज १६ गते ८:२१

काठमाण्डु, १६ असोज–चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ । लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई लगातार तेस्रो सफलता दिलाएका हुन् । लामिछानेले जितेश शर्मालाई ५ रनमा क्याच आउट गरे । यअसघि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकएक...

नेपालविरुद्ध भारतको विस्फोटक ब्याटिङ, ओपनर जैसवालले हाने तशक

२०८० असोज १६ गते ८:१२

काठमाण्डु, १६ असोज– चीनमा जारी १९औं एसियाडअन्तर्गत पुरुष क्रिकेटको क्वाटर फाइनलमा भारतका ओपनर यशस्वी जैसवालले विष्फोटक ब्याटिङ गरेका छन् । उनले नेपालविरुद्ध शतक प्रहार गरेका छन् । जैसवालले ४८ बलमा १०० रन बनाएका हुन् । उनले ७ छक्का र ८ चौका प्रहार गरे ।...

नेपालले माल्दिभ्सलाई विशाल अन्तरले हरायो

२०८० असोज १४ गते १०:१३

काठमाण्डु, १५ असोज– चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई  सय रनको फराकिलो अन्तरले पराजित गरको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २ यस १२ रन जोडेको थियो । २ सय १३ रनको उक लक्ष्य पछ्याएकोमाल्दिभ्स १९.४ ओभरमा...

एसियाली खेलकुद: चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

२०८० असोज १२ गते १०:५४

काठमाण्डु, १२ असोज–  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६१० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्सहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ  । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३...

फुटबलर विमल घर्तीमगर अष्ट्रेलिया पलायन

२०८० असोज १२ गते १०:५०

काठमाण्डु, १२ असोज– नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर अष्ट्रेलिया पलायन भएका छन् । विमल शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । १४ वर्षकै उमेरमा सन् २०१२ मा राष्ट्रिय टिमबाट खेलेका घर्तीमगर खेल जीवनमा सधैं चर्चामा रहे । सन् २०१३ मा भएको साफ गेममा...

घरेलु मैदानमा नेपाल भारतसँग पराजित

२०८० असोज १० गते २१:०८

काठमाण्डु, १० असोज– साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । घरेलु मैदान दशरथ रंगशालामा बुधबार भएको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको हो । भारतका लागि खेलको पहिलो हाफको २६औं मिनेटमा साहिल खुर्शिदले गोल गरेका थिए । दोस्रो हाफको ७४औं मिनेटमा नेपालका...

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो

२०८० असोज १० गते १०:१९

काठमाण्डु–१० असोज–हाङझाउ एसियाली खेलकुदअन्तर्गत नेपालले क्रिकेट खेलमा  फरकफरक कीर्तिमान बनाएको छ ।  मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालले टी–२० इतिहासमा हालसम्मकै ठूलो जित निकालेर विश्व कीर्तिमान बनाएको हो । यसअघि जितको आधारमा ठूलो जित चेकको २५७ रनको थियो ।  झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको...

नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको विशाल लक्ष्य

२०८० असोज १० गते ८:५०

काठमाण्डु, १० असोज– कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औँ एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । चीनको हान्झाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय...

नेपालका कुशल मल्लले क्रिकेटमा बनाएर विश्व कीर्तिमान

२०८० असोज १० गते ८:४७

कञ्चनपुर, १० असोज– नेपालका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत मंगोलियासँगको खेलमा मल्लले २० मिनेटमा ३४ बलमा शतक पुरा गरेर कीर्तिमान रचेका हुन् । मल्लले ५० बलमा अविजित एक सय ३७ रन...

क्यान सचिवमा पारस खड्का विजयी

२०८० असोज ६ गते १८:०३

काठमाण्डु, ६ असोज–नेपाल क्रिकेट संघ (क्यान) को  सचिवमा पारस खड्का विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै खड्का विजयी भएका हुन् । कुल ८५ मत खसेकामा पारसले ४८ र प्रशान्तविक्रमले ३७ मत पाए । अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ६ पदमा यसअघि नै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us