काठमाण्डू, ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालमा वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन ।
मंगलबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै संयोजक प्रचण्डले आफ्नो पार्टी र एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको समेत बताए ।
तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको समेत बताए ।
नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका प्रचण्डले पार्टीको प्रशिक्षण र सङ्गठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने समेत बताए ।
नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।