
काठमाण्डु, १९ फागुन– टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौँ सफलता हात पारेको छ । प्रतिश जिसीले तेजा निदामानुरुलाई आउट गर्न सफल भएका छन ।
१४औं ओभरको तेस्रो बलमा विकेट लिंदै बायाँहाते तीव्र गतिकका बलर प्रतिश जिसीले नेपाललाई सातौं सफलता दिलाएका हुन् । यो उनको व्यक्तिगत तेस्रो विकेट हो ।
यसअघि उनले ८औं पहिलो बलमा कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका थिए । २ विकेट लिएका कुशल मल्लले नोहाक क्रस र आर्यन दत्तलाई आउट गराए ।
५ रन बनाएका उनी बोल्ड भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १४.३ ओभरमा ६ विकेटको क्षतिमा ८३ रन बनाउन सफल भएको छ ।