वर्षाको कारण नेदरल्यान्ड्स र नामिबियाबीचको खेल रोकियो

काठमाण्डु टुडे २०८० फागुन २० गते १३:०९ मा प्रकाशित

काठमाण्डु, २० फागुन– वर्षाको कारण त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रोकिएको छ । लिगको अन्तिम खेलमा टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल केहि समयको लागी रोकीएको छ ।

अहिले मेघ गर्जनसहित वर्षा भएको छ । मैदानमा कभर ढाकिएको छ । दुबै टोलीका खेलाडी पभेलिएन आएका छन् । भारी वर्षा हुँदा खेल प्रभावित हुने देखन्छि । खेल रद्द भएको खण्डमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ ।

नेदरल्यान्ड्स सामान्य अन्तरले पराजित हुँदा पनि नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ । नामिबिया फाइनलमा पुग्न विशाल जित निकाल्नुपर्ने हुन्छ । नेपाल भने २ मा जित र २ मा हारसहित ४ अंकका साथ फाइनलमा पुगि सकेको छ । फाइनल मंगलबार हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us