
काठमाण्डु, २२ फागुन– टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको चौथो विकेट गुमाएको छ । १६.१ ओभरमा दीपेन्द्र सिंह ऐरीले स्कट एडवार्डसलाई व्यक्तिगत २ रनमा आउट गरेका छन ।
उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १४१ रन बनाउन सफल भएको छ । यसअघि अविनाश बोहराले विक्रमजित सिंहलाई व्यक्तिगत २९ रनमा आउट गरेका थिए । यस्तै नवौं ओभरमा कुशल मल्लले एकै ओभरमा दुई विकेट लिन सफल भएका थिए ।
नवौं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । ओडाउड व्यक्तिगत २३ रनमा आउट भएका हुन् । त्यसपछि पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराएका छन ।
लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।