नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० फागुन २२ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाउन सफल भएको हो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमाएको थियो ।

नेपालले २३ रन जोड्दा ३.द३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउन सफल भएका थिए । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए ।

आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्न सफल भएका थिए । गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेका थिएन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us