नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० फागुन १९ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जीतको लागि १ सय २१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाउन सफल भएको हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाएका थिए ।

उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रन बनाएका थिए । कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाएका थिए । नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए ।

आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ४ ओभरमा एक मेडन ओभर राख्दै मात्र १३ रन खर्चिए । त्यस्तै, कुशल मल्ले ४ ओभरमा किफायती बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिएन सफल भएका थिए ।

यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us