
काठमाण्डु, २२ फागुन– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा कुशल मल्लले एकै ओभरमा नेदरल्याण्ड्सका दुई विकेट लिएका छन् । उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले नवौं ओभरमा २ विकेट गुमाएको छ ।
नवौं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराएका हुन । ओडाउड व्यक्तिगत २३ रनमा आउट भएका हुन ।
त्यसपछि पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराएका हुन । लेभिट आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ८४ रन छ ।
लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।