समाचार

काठमाण्डु र पोखरामा माओवादीको विरोधसभा

२०७० असोज ७ गते ४:४०

काठमाण्डु, ७ असोज – चुनावी प्रकृयाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाले सोमबार काठमाण्डु र पोखरामा विरोधसभा गर्दैछ । पछिल्लोपटक उच्चस्तरीय राजनीतिक समितिको वार्ता विफल भएपछि मोर्चाले आन्दोलनका कार्यक्रम अनुसार विरोधसभा गर्न लागेको हो । काठमाण्डुमा दिउँसो हुने सभालाई अध्यक्ष मोहन वैद्यले र पोखराको सभालाई उपाध्यक्ष...

एमाले अखिलको नेतृत्व चुन्न मतदान हुदै

२०७० असोज ७ गते ३:५२

काठमाण्डु, ७ असोज– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुने भएको छ । चुनावी प्रक्रियामा ढिलाई भएकाले सोमबार मात्र मतदान हुने तय भएको महासचिवकी प्रत्यासी नवीना लामाले काठमाण्डु टुडेलाई जानकारी दिइन् । अध्यक्षका लागि लक्ष्मण लम्साल, किशोरविक्रम मल्ल र...

एशियाली बौद्ध महोत्सव श्रीलंकाको क्याण्डीमा

२०७० असोज ७ गते ३:५०

काठमाण्डु ७ असोज–दोस्रो एशियाली बौद्ध धार्मिक साँस्कृतिक महोत्सव बुधवार र बिहिवार (सेप्टेम्बर 25-27 तारिख)श्रीलंकाको क्याण्डीमा हुने भएको छ । ‘बौद्ध धर्म संस्कृतिको प्रचार प्रसार,बिश्व शान्तिको अभिबृद्ध’बिषयक महोत्सवमा श्रीलंकाका प्रधानमन्त्री डिएम जयरथना पनि सहभागी हुनेछन । आयोजकका अनुसार नेपाल,भारत,चीन,हङकङ,चीनको थाइवान,जापान,दक्षिण कोरिया, कम्बोडिया,लाओस,म्यान्मार,भुटान,मंगोलिया लगायत ६४ मुलुक...

बाढी पीडितकालागि संकलित ६० लाख थन्कियो

२०७० असोज ७ गते ३:५०

दार्चुला, ७ असोज – दार्चुलाका बाढी पीडितका लागि संकलित ६० लाख रुपैयाँ राहत अझै वितरण हुन सकेको छैन । व्यक्तिगत र संस्थागत गरी जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा ४४ लाख, उद्योग वाणिज्य संघको खातामा १० लाख र बाढीपीडित संघर्ष समितिको खातामा छ लाख रुपैयाँ...

आज राष्ट्रिय संरक्षण दिवस

२०७० असोज ७ गते ३:४९

काठमाण्डु, ७ असोज – राष्ट्रिय संरक्षण दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा वन मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ)ले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । दिवसको अवसरमा वन्यजन्तु, वन, वातावरण र जैविक विविधताको संरक्षणमा सहयोग गर्ने एक संस्था...

बाजुरामा खाद्यान्न अभाव

२०७० असोज ७ गते ३:१९

बाजुरा, ७ असोज – जिल्ला सदरमुकामसम्म पुग्ने बाटो मर्मत नहुँदा बाजुरामा दैनिक उपभोग्य सामानको अभाव भएको छ । विक्रम संवत् २०५१ मा अछामको टोटासालदेखि बाजुराको सदरमुकामसम्म निर्माण भइरहेको ५७ किलोमिटर सडक हालसम्म सम्पन्न नहुँदा खाद्यान्न ढुवानी हुन सकेको छैन । पर्याप्त खाद्यान्न नपाएकाले यसपालीको...

नेपालको परिवर्तनमा विदेशीको हात छैनः प्रचण्ड

२०७० असोज ७ गते १:२१

काठमाण्डु, ६ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएको राजनीतिक परिवर्तनमा बाह्य शक्तिको कुनै हात नरहेको बताएका छन् । राजधानीमा आइतबार भएको एक कार्यक्रममा उनले नेपाली जनताको बल र नेपालकै राजनीतिक दलको अग्रसरतामा भएका राजनीतिक परिवर्तनमाथि प्रश्न उठ्ने गरी गलत प्रचारवाजी भइरहेके...

भूमिगत समूहका सैन्य कमाण्डर चौहान सिंह पक्राउ

२०७० असोज ६ गते १०:२५

वीरगंज, ६ असोज – सशस्त्र भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समूह पर्साका सैन्य कमाण्डर चौहान सिंह भनिने रबिन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ । सिर्सीया स्थित सुख्खा बन्दरगाह क्षेत्रबाट शनिबार साँझ पक्राउ परेका पटेललाई प्रहरीले आज दिउँसो सार्बजनिक गरेको हो । पर्साको...

छोरी बलत्कारका आरोपी प्रेस चौतारीबाट निस्काशित

२०७० असोज ६ गते १०:२२

काठमाण्डु ६ असोज-आफनै छोरी बलत्कारका आरोपी झापाका पत्रकार  रमेश पोखरेललाई एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । ‘प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश पोखरेलका विषयमा गम्भीर प्रकृतिको चारित्रिक आरोप लागेको हुनाले पोखरेललाई प्रेस चौतारी नेपालको साधारण सदस्यसमेत...

काँग्रेसमा प्रत्यक्षबाट ४० र समानुपातिकबाट ३० जिल्ला सभापतिहरुको नाम सिफारिस

२०७० असोज ६ गते १०:०५

काठमाडौ, ६ असोज–संबिधानसभा दोस्रो निर्वाचनका लागि नेपाली काँग्रेसका ४० जना सभापति प्रत्यक्षबाट र ३० जना सभापति समानुपातिक तर्फबाट सिफारिस भएका छन । उम्मेदवारी सुनिश्चित गर्नका लागि काँग्रेसका अधिकाँश जिल्ला नेता काठमाण्डुमा भेला भएका छन । चितवन सभापति टेकबहादुर गुरुङले प्रत्यक्षतर्फबाट ४० र समानुपातिकतर्फबाट ३०...

राष्ट्रपति र मन्त्रिपरिषद अध्यक्षबीच भेटवार्ता

२०७० असोज ६ गते १०:०२

काठमाण्डु, ६ असोज – राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीबीच आइतबार विहान भेटवार्ता भएको छ । शितल निवासमा भएको भेटमा आगामी चुनाव र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो । भेटमा आगामी चुनावको तयारी, सुरक्षा व्यवस्था र आफ्नो आसन्न अमेरिका भ्रमणबारे रेग्मीले...

जगदम्बा स्टिलका मजदुरको मृत्यु

२०७० असोज ६ गते ९:५९

बारा, ६ असोज–बाराको जगदम्बा स्टिल उद्योगमा कार्यरत एक मजदुरको शनिबार राति मृत्यु भएको छ । सिमरा औराह गाबिस ४ निवासी ४० बर्षिय मजदुर बिरु चौधरीको उद्योगमा काम गरिरहेको अबस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको मृत्युको कारण भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us