जगदम्बा स्टिलका मजदुरको मृत्यु

काठमाण्डु टुडे २०७० असोज ६ गते ९:५९ मा प्रकाशित

बारा, ६ असोज–बाराको जगदम्बा स्टिल उद्योगमा कार्यरत एक मजदुरको शनिबार राति मृत्यु भएको छ । सिमरा औराह गाबिस ४ निवासी ४० बर्षिय मजदुर बिरु चौधरीको उद्योगमा काम गरिरहेको अबस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीको मृत्युको कारण भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय सिमरा बाराका प्रहरी निरीक्षक जयराम कुईकेलले जानकारी दिए । उद्योगमा राखिएको फलामको गोदाममा चौधरी मृत अवस्थामा फेला परेको र उनको टाउकोमा चोट लागेको भेटिएको प्रहरीले जनाएको छ ।

मृतक चौधरीको शव पोष्टमार्टमकालागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाईएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us