काँग्रेसमा प्रत्यक्षबाट ४० र समानुपातिकबाट ३० जिल्ला सभापतिहरुको नाम सिफारिस

काठमाण्डु टुडे २०७० असोज ६ गते १०:०५ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाडौ, ६ असोज–संबिधानसभा दोस्रो निर्वाचनका लागि नेपाली काँग्रेसका ४० जना सभापति प्रत्यक्षबाट र ३० जना सभापति समानुपातिक तर्फबाट सिफारिस भएका छन । उम्मेदवारी सुनिश्चित गर्नका लागि काँग्रेसका अधिकाँश जिल्ला नेता काठमाण्डुमा भेला भएका छन ।
चितवन सभापति टेकबहादुर गुरुङले प्रत्यक्षतर्फबाट ४० र समानुपातिकतर्फबाट ३० जना जिल्ला सभापतिहरुको नाम सिफारिस भएर आएको भन्दै उनीहरु सबैलाई टिक दिनु पर्ने बताए । उनले काग्रेस भित्र विवाद नभई छलफल र बहस भएको भन्दै सभापति र बरिष्ठ नेताहरुले सहमतिमा तत्काल संसदीय बोर्ड गठन गर्नु पर्ने बताए ।
रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कारमा काठमाडौ जिल्ला सभापति भिमसेन दास प्रधानले नेपाली काग्रेसमा सात साल देखिनै दुई लविङ रहँदै आएको उल्लेख गर्दै यसले पार्टीलाई अहिलेसम्म बलियो नै बनाउँदै आएको बताए । साक्षात्कारमा उनले विवाद नभई लोकतान्त्रिक पार्टी भएकोले छलफल रहेको भन्दै शिर्ष नेताहरु सहमतिको नजिक पुगेकोले सोमबार भित्रमा संसदीय बोर्ड गठन हुने दावी गरे ।
काग्रेसले नेतृत्व नगर्दा संविधान नबनेको दावी गर्दै उनले संविधान बनाउन काग्रेस बहुमत सहित संविधानसभामा आउनु पर्ने तर्क गरे । प्रधानले भने–आजसम्म काग्रेसको नेतृत्वमा क्रान्ति र संविधान निर्माण सफल भएको छ । काग्रेसले नै नेतृत्व गरेकोले पहिलो संविधानसभा पनि एक वर्षमै भयो । विचमा पाँच वर्ष काग्रेसले नेतृत्व नपाउँदा संविधानसभा असफल भयो ।
डडेलधुरा सभापति कर्णबहादुर मल्लले शिर्ष नेताहरुवीच कुनै पनि विवाद नभएको भन्दै पार्टीलाई ब्यवस्थीत बनाउँदै कसरी सन्ुतलीत रुपमा उमेदवार चयन गर्ने भन्ने विषयको गंभिर गृहकार्यमा रहेको बताए । उनले पार्टीले सहमतिमा प्रजातन्त्रको पक्षमा निर्णय लिने विश्वास ब्यक्त गर्दै आजभोलीमै संसदीय बोर्ड बन्ने दावी गरे ।
मल्लले पार्टीको चुनावी अभियान हाक्ने सभापतिहरुलाई सिफारिस भए अनुसार नै प्रत्यक्ष र समानुपातिक तर्फ स्थान दिने निर्णइ केन्द्रले लिए कार्यकर्ताहरु उच्च मनोवलका साथ चुनावमा होमिने उल्लेख गर्दै भने–चुनावको कमाण्डरकै मनोवल गिराएर काग्रेसले जित्न सक्दैन ।
कास्कीका सभापति यज्ञबहादुर थापाले काग्रेसमा अहिलेसम्म उमेदवारहरुको नामावली संस्थागत रुपमा आएकोले संस्थागत रुपमै निर्विबाद टिकट वितरण हुने विश्वास ब्यक्त गर्दै अब संविधान बनाउन काग्रेसलाई बहुमत दिएर जनताले पठाउनु पर्ने बताए । उनले चुनावको बेला पार्टीलाई जिताउन जिल्लामा सक्रिय हुनु पर्ने बेलामा काठमाडौ आउने बाध्यताप्रति दुख समेत ब्यक्त गरे ।
धादिङका सभापति रामनाथ अधिकारीले काग्रेसले ईतिहास देखिनै छलफल र बहसका विचबाट आफूलाई अघि बढाउँदै आएकोले आज भोलीमै सहमतिमा संसदीय बोर्ड गठन भएर ईमान्दारिता, निरन्तरता, सक्रियता, र लोकप्रियताको आधारमा उमेदवार चयन गर्ने विश्वास ब्यक्त गरे ।
अर्घाखाँचीका सभापति कमलप्रसाद भुषालले शिर्ष नेताहरुवीच भित्र भित्र छलफल निरन्तर रुपमा चलरिरहेकोले आज भोलीमै सहमतिमा संसदीय बोर्ड गठन हुने दावी गर्दै जिल्लाबाट आएको सिफारिसकै आधारमा केन्द्रले टिकट वितरण गर्ने बताए । उनले प्रजातन्त्रमा छलफल र बहस स्वभाविक भएको भन्दै शिर्ष नेताहरुवीच कुनै विवाद आफूहरुले नदेखेको दावी गरे ।
बाग्लुङका सभपाति प्रकास शर्मा पौडेलले विगत देखिनै काग्रेसले छलफल र बहसबाट सबै समस्याहरु समाधान हुँदै आएकोले अब पनि सहमतिकै आधारमा अहिले देखिएको समस्या समाधान हुने विश्वास ब्यक्तगर्दै लोकप्रिया, ईमान्दार र निरन्तरताको आधारमा उमेदवार छनौट हुने विश्वास ब्यक्त गरे । उनले बामपन्थीको शासन र नेतृत्व असफल सावित भईसकेकोले अबको निर्वाचनबाट नेतृत्व काग्रेसले लिनु पर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us