राष्ट्रपति र मन्त्रिपरिषद अध्यक्षबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० असोज ६ गते १०:०२ मा प्रकाशित

Ramabaran-and-Khilrajकाठमाण्डु, ६ असोज – राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीबीच आइतबार विहान भेटवार्ता भएको छ । शितल निवासमा भएको भेटमा आगामी चुनाव र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

भेटमा आगामी चुनावको तयारी, सुरक्षा व्यवस्था र आफ्नो आसन्न अमेरिका भ्रमणबारे रेग्मीले राष्ट्रपतिलाई जानकारी गराएका थिए । एमाओवादी अध्यक्ष प्रचण्डसँगको भेटपछि  राष्ट्रपतिलाई भेट्न रेग्मी शितल निवास पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us