उपनिर्वाचनमा देखिएन मतदाताको उत्साह, ४३ प्रतिशतले हालेनन् भोट

काठमाण्डु टुडे २०८१ वैशाख १५ गते १८:३९ मा प्रकाशित

इलाम, १५ वैशाख–इलाम–२ को प्रतिनिधिसभा सदस्य चयनका लागि शुक्रबार भएको मतदानमा ५७ प्रतिशत मात्र मत खसेको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिब ५७ प्रतिशत मतदाता मात्र मतदानमा सहभागी भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । करिब ६६ हजार मतदाता तदानमा सहभागी भएको यादवले जनाए । उक्त क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ कुल मतदातामा थिए ।

उनका अनुसार निर्वाचन भने शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । उपनिर्वाचनमा १२ राजनीतिक र ७ स्वतन्त्र गरी जना उम्मेदवार चुनावी मैदानमा थिए ।

काँग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्बाङ, रास्वपाका मिलन लिम्बू पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us