दलका सचेतकहरुसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाण्डु टुडे २०८१ वैशाख २७ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन । प्रतिनिधि सभाको चौथो अधिवेशन शुक्रबार दिउँसो २ बजेबाट सुरु हुँदैछ ।

पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सभामुखले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न लागेका स्रोतले जानकारी दिएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक भने शुक्रबार दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ ।

संसदमा हुन सक्ने सम्भावित अवरोधलाई ख्याल गरेर सभामुखले राजनीतिक दलका नेता र सचेतकहरुसँग निरन्तर संवाद गर्दै आएका छन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ ।

यस सम्बन्धमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग कांग्रेसको छ । यो माग पूरा नभएसम्म उपप्रधनमन्त्री लामिछानेलाई प्रतिनिधि सभाको रोष्ट्रममा जान नदिने कांग्रेसको तयारी रहेको छ ।

सत्तारुढ दलहरुले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउँदै आएका छन् । अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुलाई बोल्न दिने सम्भावित कार्यसूची रहेको छ ।

शीर्ष नेता बोल्दा उपप्रधान तथा गृहमन्त्री लामिछानेले पनि बोल्न पाउनुपर्ने सत्तारुढ दलहरुको छ । कांग्रेसले शीर्ष नेताहरुले बोल्ने विषयमा अवरोध नगर्ने तर, लामिछानेलाई शीर्ष नेताको रुपमा समेत रोष्ट्रममा अस्वीकार गर्ने बताउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us