उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ: अशोक राई

काठमाण्डु टुडे २०८१ वैशाख २७ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ४६.६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको बताएको छ ।

विभिन्न दलसँग एकीकरण गरी बनेको जसपा नेपाल नेतृत्वको अक्षमताका कारण एक रहिरहन नसकेको दाबी गर्दै जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले पार्टीमा उपेन्द्र यादवले कसैको अस्तित्व स्वीकार नगरेको आरोप लगाएका छन ।

आज बिहीबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले पार्टी फुट्नु रहर नभई बाध्यता भएको दाबी गरेका छन ।

अन्याय धेरै दिनसम्म सहन नसकेर अलग भएको उनले बताएका छन । उनले निर्वाचन आयोगजस्तो संस्थाले सबै अध्ययन गरेर आफूहरूको दल दर्ता गरेको पनि उनले बताएका छन । उनले भने, ‘यदि चित्त बुझेको छैन भने अदालतको ढोका खुला छ’, ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us