पूर्वन्यायाधीश सिजापतिको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित

काठमाण्डु टुडे २०८१ वैशाख २७ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ । उनको निधनको खबरपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित गरीएको छ ।

पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ । तर, प्रशासनीक कार्यहरु भने निरन्तर हुने सर्वोच्चले जानकारी दिएको छ ।

सिजापतिको बुधबार साँझ निधन भएपनि बिहीबार ढिलागरी जानकारी प्राप्त भएको थियो । कुनै पूर्वन्यायाधीशको निधनको खबरसँगै त्यसदिनको सुनुवाइ नगर्ने परम्परा सर्वोच्चमा रहेको छ ।

सिजापति २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म न्यायाधीश रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us