समाचार

सवारी दुर्घटनामा दुईजनाको मृत्यु, १५ घाइते

२०७० असोज १७ गते ३:१५

काठमाण्डु, १७ असोज – महोत्तरी र मुस्ताङमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । महोत्तरीको बर्दिबासमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय सरोज...

काँग्रेस कार्यालयमा तालाबन्दी

२०७० असोज १७ गते २:३५

राजविराज, १७ असोज–उम्मेदवार परिवर्तनको विवादका कारण नेपाली काँग्रेस क्षेत्र नं. १ का असन्तुष्ट कार्यकर्ताले सप्तरीको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार बनेका हेमनारायण चौधरीलाई बुधबार एकाएक हटाएर केन्द्रले लक्ष्मी गिरीको नाम चयन गरेपछि चौधरीको समर्थनमा क्षेत्रीय समितिले...

पूर्वका ९ जिल्ला बन्द

२०७० असोज १७ गते २:२३

झापा, १७ असोज – संविधानसभा निर्वाचनको विरोधमा मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषदले गराएको बन्दले पूर्वका नौं जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदले मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ तथा कोशी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्लालाई लिम्बुवान् क्षेत्र भन्दै बन्द...

६ बर्षीया बालिका बलात्कार गर्न खोज्ने ६७ बर्षीय वृद्ध पक्राउ

२०७० असोज १६ गते १७:३४

रुकुम, १६ असोज – ६ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा खोलागाउँ–४ सर्केनाका ६७ वर्षीय नरे खत्री पक्राउ परेका छन् । छिमेकीको छोरीलाई ललाइफकाई आफ्नो कोठामा लिएर बलात्कारको प्रयास गरिरहेका बेला खत्रीलाई रङ्गेहात फेला पारिएको बालिकाका आफन्तजनले बताएका छन् । बालिकाकी तीन वर्षकी बहिनीलाई...

एक तिहाई महिला उम्मेदवार सिफारिस गर्न निर्वाचन आयोगको आग्रह

२०७० असोज १६ गते १४:४५

काठमाण्डु, १६ असोज–निर्वाचन आयोगले अर्को संविधानसभामा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीअनुसार एक तिहाई महिला उम्मेदवार मनोनयन गर्न राजनीतिक दललाई निर्देशन दिएको छ । संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७० मा उल्लेख गरिएको प्रावधानमा रहेर मङ्सिर ४ गते हुने अर्को...

एकीकृत माओवादीबाट २ सय ४० वटै क्षेत्रमा उम्मेदवार तय

२०७० असोज १६ गते १४:२१

काठमाण्डु, १६ असोज– एकीकृत नेकपा माओवादीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत २ सय ४० वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बुधबार बसेको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम सूची तय गरेको हो । माओवादीले अध्यक्ष प्रचण्डलाई काठमाण्डु–१० र...

चार दलका शीर्ष नेता विदेशी दलाल: वैद्य

२०७० असोज १६ गते १२:५०

काठमाण्डु, १६ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले मुख्य चार दलका शीर्ष नेतृत्वमाथि सहमति र वार्ताविरोधी तथा विदेशी शक्तिको दलालको आरोप लगाएको छ । पोलिट्ब्युरो बैठकको निर्णय सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले प्रमुख दल सिक्किमीकरण र फाँसीवादको...

भुवनलाई माधवले दिए, खनालले हटाए

२०७० असोज १६ गते १२:२२

काठमाण्डु, १७ असोज– आन्तरिक विवाद बढेपछि एमालेले काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवार फरेको छ । स्थानीय पार्टी कमिटीको चर्को विरोधपछि एमालेले अभिनेता भुवन केसीको उम्मेदवारी रद्ध गरेको छ । एमाले क्षेत्रीय कमिटीका सबैले सामूहिक राजीनामा दिने तयारी गरेपछि एमालेले भुवनको उम्मेदवारी रद्ध गरी...

पौडेलविरुद्ध गुरुङको वागी उम्मेदवारी

२०७० असोज १६ गते १२:१८

काठमाण्डु १६ असोज–तनहुँ क्षेत्र नम्बर २ बाट टिकट पाएका उपसभापति रामचन्द्र पौडेललाई आफ्नै कार्यकर्ताले चुनौती दिएका छन् । क्षेत्र नम्बर ३ का पौडेलले २ बाट उम्मेदवारी दिएपछि तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले वागी उम्मेदवारी दिने घोषणा गरेका छन् । गुरुङले बिहीबार जिल्ला निर्वाचन...

झलनाथका स्वकीय सचिव एमाओवादीमा

२०७० असोज १६ गते १२:०१

काठमाण्डु, १७ असोज– केही दिनअघि मात्र परित्याग गरेका एमाले अध्यक्ष झलनाथ खनालका स्वकीय सचिव निर्मल भट्टराई एकीकृत माओवादी प्रवेश गरेका छन् । उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास लाजिम्पाटमा टीका लगाएर बुधबार पार्टी प्रवेश गराए । पार्टी नेतृत्वले उम्मेदवारी छनौटमा पार्टीमा...

एमाओवादीबाट काठमाण्डु ८ मा उम्मेदवार परिवर्तन

२०७० असोज १६ गते ११:०९

काठमाण्डु, १७ असोज– एकीकृत नेकपा माओवादीले काठमाण्डु क्षेत्र नम्बर ८ मा उम्मेदवार परिवर्तन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाजिम्पाटस्थित निवासमा जारी उम्मेदवार छनौट समितिसहित केन्द्रीय कार्यालय बैठकले उम्मेदवार परिवर्तन गरेको हो । लाजिम्पाट स्रोतका अनुसार काठमाण्डु ८ मा रुपा महर्जनलाई उम्मेदवार बनाइको...

एमाले बाँकेमा विवाद, दुई केन्द्रीय सदस्यलाई कार्यकर्ताले थुने

२०७० असोज १६ गते ७:२९

काठमाण्डु, १६ असोज– तल्लो कमिटिको सिफारिस लत्याउँदै शीर्ष नेतृत्वले मनपरी ढंगले संविधानसभा निर्वाचनका उम्मेदवार सिफारिस गरेको भन्दै एमाले बाँकेमा चर्को विवाद भएको छ । क्षेत्रीय समितिले गरेको सिफारिसविपरीत शीर्ष नतृत्वले अर्कैलाई टिकट दिएको भन्दै कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । आक्रोशित कार्यकर्ताको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us