भुवनलाई माधवले दिए, खनालले हटाए

काठमाण्डु टुडे २०७० असोज १६ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, १७ असोज– आन्तरिक विवाद बढेपछि एमालेले काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवार फरेको छ ।
bhuwanस्थानीय पार्टी कमिटीको चर्को विरोधपछि एमालेले अभिनेता भुवन केसीको उम्मेदवारी रद्ध गरेको छ । एमाले क्षेत्रीय कमिटीका सबैले सामूहिक राजीनामा दिने तयारी गरेपछि एमालेले भुवनको उम्मेदवारी रद्ध गरी पार्टीकी काठमाण्डु जिल्ला सदस्य विद्या न्यौपानेलाई टिकट दिएको छ । यसअघि क्षेत्रीय कमिटीले काठमाण्डु महानगरपालिकाका पूर्वमेयर विदुर मैनालीको नाम सिफारिस गरेको थियो ।

तर वरिष्ठ नेता माधवकुमार नेपालको दबाबमा स्थायी कमिटीले अभिनेता केसीलाई  उठाउने निर्णय गरेको थियो । क्षेत्रीय कमिटीका पदाधिकारीसहित सदस्यले अध्यक्ष झलनाथ खनाललाई पार्टी मुख्यालय बल्खुमा भेटेर केसीलाई उठाउने निर्णय नसच्याए पार्टी सामूहिक रुपमा पार्टी छाड्ने चेतावनी दिएका थिए । क्षेत्रीय कमिटीको दबाबमा खनालले विशेषाधिकार प्रयोग गरी केसीको उम्मेदवारी रद्ध गर्नुका साथै न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् । न्यौपानेले बुधबार नै टिकट बुझेकी छन् ।

एमाले स्थायी कमिटीले विवादित उम्मेदवारबारे अन्तिम निर्णय लिने अधिकार अध्यक्ष खनाललाई दिएको थियो ।
गत साता राप्रपा नेपालको सदस्यता लिएका केसी पार्टी प्रवेश गर्नै लाग्दा एमाले नेताहरुले टिकट दिने आश्वासन दिएपछि एमालेमै बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us