
काठमाण्डु, २१ वैशाख– संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाले वित्तीय तथा डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा ३ सयभन्दा बढी ग्राहकहरुको सहभागिता थियो । कार्यक्रममा बैंकका मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वागमति प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्शन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
उक्त शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ ।
ग्लोबल आएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो ।
यस बैंकमा ४६ लाखभन्दा बढी निक्षेपकर्ताहरु एवं ६० हजार भन्दा बढी ऋणीहरु छन् ।
आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा सर्वसुलभ तरिकाले पुर्याउने हेतुले बैंकले विभिन्न किसिमका डिजिटल प्रोडक्टहरु ग्राहकहरुबिच पस्किँदै आइरहेको छ ।
यो कार्यक्रम विगत केहि वर्षदेखि यस बैंकका सबैजसो शाखाहरु मार्फत हरेक वर्ष अभियानकै रुपमा संचालन हुँदै आएको छ । उक्त कार्यक्रममा बैंकले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी कुनैपनि डिजिटल बैंकिङ सुविधाहरु नलिएका, सुविधा लिएर पनि उक्त सुविधाको भरपुर उपभोग नगर्नुभएका तथा नियमित रुपमा उक्त सुविधाहरु प्रयोग गर्नुभएका ग्राहक महानुभावहरुलाई आमन्त्रण गरेको कुरा जानकारी गराइएको थियो