समाचार

राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौंः राजेन्द्र लिङ्देन

२०८२ वैशाख २५ गते १५:१५

काठमाण्डू, २५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने बताएका छन । आज (बिहीबार) काठमाण्डूमा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जनआन्दोलन घोषणा समेत गरेको छ । उक्त...

राजावादीले घोषणा गरे जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन

२०८२ वैशाख २५ गते १४:५१

काठमाण्डू, २५ वैशाख– राजावादी समुहले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलनको कार्यक्रम घोषणा गरेका छन । राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् । ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने...

राजसंस्था स्थापना नभएसम्म आन्दोलन रोकिँदैनः नवराज सुवेदी

२०८२ वैशाख २५ गते १४:४८

काठमाण्डू, २५ वैशाख– राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरूले घोषणा गरेको आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन । आज (बिहीबार) काठमाण्डूमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुवेदीले यस्तो बताएका हुन । उनले आगामी जेठ १५ गतेबाट...

राजावादीको एकता कसैले टुटाउन सक्दैनः कमल थापा

२०८२ वैशाख २५ गते १४:३४

काठमाण्डू, २५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने दाबी गरेका छन । आज (बिहीबार) काठमाण्डूमा आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणापछि सम्बोधन गर्ने क्रममा राप्रपा नेपालका अध्यक्ष थापाले यस्तो बताएका हुन । उनले भने, ‘राजावादीको...

नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ

२०८२ वैशाख २५ गते १३:३९

काठमाण्डू, २५ वैशाख– प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटरलाई घुससहित पक्राउ गरेको छ । जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ । बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हिनन्दन...

क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन हुनेछः रास्वपा सांसद झा

२०८२ वैशाख २५ गते १३:३२

काठमाण्डू, २५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर समेत सम्पन्न भइसकेको पनि...

आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य होः जनार्दन शर्मा

२०८२ वैशाख २५ गते १२:५१

काठमाण्डू, २५ वैशाख– पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको दाबी गरेका छन । भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको बेला शर्माको यो भनाइ सार्वजनिक भएको हो । उनले आपसी सहकार्य गर्दै आतंकवादलाई...

संसद्मा जवाफ दिँदै गृहमन्त्री

२०८२ वैशाख २५ गते १२:२६

काठमाण्डू, २५ वैशाख– गृहमन्त्री रमेश लेखकले संसद‌्मा जवाफ दिँदै छन् । यही १२ देखि २३ वैशाखसम्म संसद्मा उठेका गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा गृहमन्त्री लेखकले जवाफ दिन लागेका हुन् । संसद्मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे पनि सांसदहरूले सरकारको जवाफ माग गरेका...

प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण

२०८२ वैशाख २५ गते १२:११

काठमाण्डू, २५ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन । आज बिहिबार (काठमाण्डू)मा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका छन । तागतिलो खाना र औषधि...

बालमन्दिर प्रकरणः रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, तीन आरोपीको मृत्यु

२०८२ वैशाख २४ गते १८:२५

काठमाण्डू, २४ वैशाख– काठमाण्डूको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालत काठमाण्डूमा मुद्दा दायर गरेको हो । फाइल प्राप्त भएसँगै सबै प्रक्रिया पूरा गरी अदालतमा...

अब नोट बाहेकका सबै छपाइका काम नेपालमैः सञ्चारमन्त्री

२०८२ वैशाख २४ गते १७:३०

काठमाण्डू, २४ वैशाख– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन । आज (बुधबार) गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै...

म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता

२०८२ वैशाख २४ गते १७:२०

काठमाण्डू, २४ वैशाख– अनलाइन स्क्यामिङमा संलग्न गराइएका १२ जना नेपाली नागरिकलाई म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरी स्वदेश फिर्ता गरीएको छ । नेपाली राजदूतावास, बैंककले थाइल्याण्ड सरकारको सहयोगमा ती नागरिकहरूको उद्धार गरेको हो । उद्धार गरिएका मध्ये एक जना महिला र ११ जना पुरुष रहेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us