समाचार

बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाइने

२०८२ वैशाख २३ गते १८:१०

काठमाण्डू, २३ वैशाख– काठमाण्डूको नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा आर्थिक लाभ लिएको घटनामा महान्यायाधिवक्ताको कार्यालयले १७ जना विरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध...

प्रतिशोधको राजनीति छाडौं, म पनि अछुतो छैनः मोहन बस्नेत

२०८२ वैशाख २३ गते १७:३२

काठमाण्डू, २३ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउप्रति खेद प्रकट गरेका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चौधरीको पक्राउको घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग...

कांग्रेस–एमाले गठबन्धनमा समस्या छैनः देउवा

२०८२ वैशाख २३ गते १७:२३

काठमाण्डू, २३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको प्रतिक्रिया दिएका छन । सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा...

पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

२०८२ वैशाख २३ गते १७:१७

काठमाण्डू, २३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन । पूर्वमन्त्री समेत रहेका नेपालको आज (मंगलबार) केहीबेर अघि निधन भएको हो । पार्किन्सन रोगबाट पीडित नेपाल पछिल्लो समय निमोनियाबाट पनि पीडित...

भूमि विधेयक संसद्‍मा दर्ता

२०८२ वैशाख २३ गते १७:१२

काठमाण्डू, २३ वैशाख– भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।...

ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइनः देउवा

२०८२ वैशाख २३ गते १७:०७

काठमाण्डू, २३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको बताएका छन । कांग्रेस सभापति देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको बाएका छन । आज (मंगलबार) पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति...

रहेनन् पूर्वमन्त्री प्रदीप नेपाल

२०८२ वैशाख २३ गते १६:५७

काठमाण्डू, २३ वैशाख– पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । उनको आज (मंगलबार) नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले...

कुलमानलाई सरकारले हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो गर्नुभयोः योगेश भट्टराई

२०८२ वैशाख २३ गते १६:५२

काठमाण्डू, २३ वैशाख– एमाले सचिव समेत रहेका प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा मुटुमा गोली लागेको जस्तो गरेको बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा नीति तथा...

नीति तथा कार्यक्रमको कुनै औचित्य छैनः उपेन्द्र यादव

२०८२ वैशाख २३ गते १६:३५

काठमाण्डू, २३ वैशाख– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन । आज (मङ्गलबार)को प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले यस्तो बताएका हुन । उनले नीति तथा कार्यक्रम...

सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको छः सांसद भट्टराई

२०८२ वैशाख २३ गते १५:३७

काठमाण्डू, २३ वैशाख– एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको दाबी गरेका छन । आज मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै एमाले सांसद भट्राईले यस्तो बताएका हुन । उनले पहिलो कुरा विगतका...

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

२०८२ वैशाख २३ गते १५:३०

काठमाण्डू, २३ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राप्रपा सचेत शाहीले यस्तो बताएका हुन...

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

२०८२ वैशाख २३ गते १५:१८

काठमाण्डू, २३ वैशाख– ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us