नीति तथा कार्यक्रमको कुनै औचित्य छैनः उपेन्द्र यादव

काठमाण्डु टुडे २०८२ वैशाख २३ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन । आज (मङ्गलबार)को प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले यस्तो बताएका हुन ।

उनले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नु बाहेक अरू औचित्य नरहेको जिकिर गरे । उनले नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भए पनि समष्टिगत रूपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ रहेको रहेको उनले । नवउदारवाद र समाजवाद एक अर्काका विपरीत भएको पनि बताएका छन ।

अध्यक्ष यादवले भने,‘नीति तथा कार्यक्रम वास्तवमा कहिले कहाँबाट सुरु भएर राजा, महाराजाको पालादेखि सुरु भएर त्यसलाई कमरेडहरूले पनि धान्या हो । नत्र यसको त कुनै जरुरत र औचित्य नै छैन ।

यसले के गर्नु, बुक बाँड्ने, टिका टिप्पणी बाहेक के हुनेवाला छ । औचित्य के छ । यो कुरा बजेटले केही सपोर्ट गर्ला, केही नगर्ला । कर्मकाण्डमै भए पनि सरकारले ल्याएको छ । सरकारले आफ्ना नीति राख्ने हो ।

नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भएको छ । तर समष्टिगत रूपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ छ । नवउदारवाद र समाजवाद एक अर्काका विपरीत कुरा हुन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us