काठमाण्डू, २२ वैशाख– पोखराको फेवा तालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका केही व्यक्तिहरू फेसेका छन । केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका हुन् । उनीहरूको अहिले उद्दार कार्य जारी छ । अकस्मात् मौसम बिग्रिएपछि केही व्यक्ति तालको...
काठमाण्डू, २२ वैशाख– भारतको तुल्सी पीठाधीश्वर जगतगुरु रामभद्राचार्य जनकपुरमा आइपुगेका छन । जानकी मन्दिरको निमन्त्रणमा उनी जानकी नवमीमा सहभागी हुन सोमबार जनकपुर आएका हुन् । नेपाल–भारतको भिठामोड नाकामा स्वागत गरेर जनकपुर ल्याइएका उनले जानकी मन्दिरमा पूजाअर्चना समेत गरेका छन । सोमबार नै उनले जानकी...
काठमाण्डू, २२ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग भएको सात बुँदेको कार्यान्वयनमा चुकेको दाबी गरेका छन । आज (सोमबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले भने, ‘सात बुँदे सम्झौतामा...
काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगका पदाधिकारीहरूका लागि प्रकाशित ३४ जनाको संक्षिप्त सूचीमा पीडितका प्रतिनिधिहरूको नाम नअटाएपछि द्वन्द्वपीडितका विभिन्न संस्थाका...
काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको दाबी गरेका छन । यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै माओवादी अध्यक्ष प्रचण्डले नीति तथा...
काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन । आज (सोमबार) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा संसद्बाट प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘एक...
काठमाण्डू, २२ वैशाख– प्रहरीले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज गरेको छ । कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवकले जानकारी दिएका छन । सो...
काठमाण्डू, २२ वैशाख– गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४० वर्षीया तिलमाया थापामगर कक्षा ८ मा भर्ना भएकी छन । उनी वडा नम्बर ६ मा रहेको तोमनडाँडा माविमा कक्षा ८ मा भर्ना भएकी हुन । तिलमाया कक्षा ८ मा भर्ना भएपछि गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विद्यालयमै...
काठमाण्डू, २२ वैशाख– एमाले सचेतकी सुनिता बरालले प्रयोगविहीन २ हजार बढी सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद बरालले सरकारको ध्यानाकर्षण गराएकी हुन । उनले सरकारी निकायमा २ हजार बढी सवारी साधन...
काठमाण्डू, २२ वैशाख– रूपन्देहीको तिलोत्तमा–२ शंकरनगरका गोपाल टन्डन दुई दिनदेखि बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । उनी लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सहित आइतबारदेखि बेपत्ता थिए । उनको परिवारले टन्डनको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएका थिए । हराएको...
काठमाण्डू, २२ वैशाख– एमाले सांसद सुर्य थापाले सांसद गीता बस्नेतको खोजीमा सहयोग गर्न उनकै पार्टी राप्रपालाई आग्रह गरेका छन् । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । एमाले सांसद थापाले भने, ‘छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो...
काठमाण्डू, २२ वैशाख– प्रहरीले झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ । गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने भाग्न सफल भएको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान पौन ९ बजेतिर कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ...