
काठमाण्डू, २२ वैशाख– भारतको तुल्सी पीठाधीश्वर जगतगुरु रामभद्राचार्य जनकपुरमा आइपुगेका छन । जानकी मन्दिरको निमन्त्रणमा उनी जानकी नवमीमा सहभागी हुन सोमबार जनकपुर आएका हुन् ।
नेपाल–भारतको भिठामोड नाकामा स्वागत गरेर जनकपुर ल्याइएका उनले जानकी मन्दिरमा पूजाअर्चना समेत गरेका छन । सोमबार नै उनले जानकी मन्दिर प्रांगणमा प्रवचन दिने जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले जानकारी दिएका छन ।