राजसंस्था स्थापना नभएसम्म आन्दोलन रोकिँदैनः नवराज सुवेदी

काठमाण्डु टुडे २०८२ वैशाख २५ गते १४:४८ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरूले घोषणा गरेको आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन ।

आज (बिहीबार) काठमाण्डूमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुवेदीले यस्तो बताएका हुन । उनले आगामी जेठ १५ गतेबाट देशभर जनआन्दोलन सुरु गर्ने घोषणा गरिएको छ । घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत सहभागी रहेका थिए ।

उक्त आन्दोलन घोषणा गर्दै संयोजक सुवेदीले भनेका छन्, ‘२०८२ जेठ १५ देखि शुरू हुने यो आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन ।’ साथै, उनले आन्दोलनका बाँकी कार्यक्रमहरू उपयुक्त समयमा घोषणा हुने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us