नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ

काठमाण्डु टुडे २०८२ वैशाख २५ गते १३:३९ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटरलाई घुससहित पक्राउ गरेको छ । जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ ।

बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुर चोकबाट बुधबार नियन्त्रणमा लिएको हो । उनले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति छुटाइदिने भन्दै दुई लाख घुस लिएको आरोप रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us