
sf7df8f}F, !% dªl;/ . /fli6«o k|hftGq kf6L{ -/fk|kf_sf] a’waf/ ePsf] Pstf dxflwj]zgdf dGtJo /fVg’x’Fb} cWoIf sdn yfkf . tl:a/ M /Tg >]i7, /f;; .
काठमाण्डू, २५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने दाबी गरेका छन ।
आज (बिहीबार) काठमाण्डूमा आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणापछि सम्बोधन गर्ने क्रममा राप्रपा नेपालका अध्यक्ष थापाले यस्तो बताएका हुन । उनले भने, ‘राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन ।
कमजोर बनाउन सक्दैन । एकताबद्ध भएर हामी जाँदैछौं ।’ उनले आफूहरूले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने पनि बताएका छन ।
काठमाण्डूमा आगामी १५ जेठमा लाखौंको संख्यामा मान्छे उपस्थित भएर प्रदर्शन गर्न तयारी छ । उनले भने, ‘स्वतःस्फुर्त रुपमा जिल्ला, पालिका, वडा र टोल टोलमा पनि राजसंस्था पुनस्थापना समिति गठन गर्न र जनतालाई परिचालन गर्न म आग्रह गर्न चाहन्छु ।’
उनले गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या समेत गरेका छन ।