क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन हुनेछः रास्वपा सांसद झा

काठमाण्डु टुडे २०८२ वैशाख २५ गते १३:३२ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर समेत सम्पन्न भइसकेको पनि बाएका छन ।

डीपीआर बनिसकेको परियोजना अगाडी बढाउन ढिलाइ भइरहेको भन्दै उनले निर्माण कार्यमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रंगशालाको डीपीआर तयार गरी साढे २ अर्बको लागतमा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना अघि बढेको उनले जानकारी दिए ।

खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर बढाएर ४९ लाख ६० हजार बनाइएको भन्दै उनले आपत्ति समेत व्यक्त गरेको छ ।

क्रिकेट रंगशाला जनकपुरका युवाहरूको परिकल्पना भएको भन्दै उनले कुनै व्यवधान भए आन्दोलनको सामना गर्नु पर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us