राजावादीले घोषणा गरे जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन

काठमाण्डु टुडे २०८२ वैशाख २५ गते १४:५१ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– राजावादी समुहले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलनको कार्यक्रम घोषणा गरेका छन ।

राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।

‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’

आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us