समाचार

एनसेलको लुटपाट र भ्रष्टाचार रोक्न टेरामक्स ल्याउने निर्णय गरेको हुँः मोहन बस्नेत

२०८२ जेठ २ गते ७:४२

काठमाण्डु, २ जेठ- काँग्रेस नेता एवं सांसद् मोहनबहादुर बस्नेतले लाखौंको राजश्व चुहावट नियन्त्रण र भ्रष्टाचार रोक्न आफूले ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने सम्बन्धी नीतिगत निर्णय लिएको जिकिर गरेका छन् । बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा भ्रष्टाचार गरेको भन्दै...

माओवादीको सुदूरपश्चिम दल नेता परिवर्तन

२०८२ जेठ १ गते २२:४६

काठमाण्डू, १ जेठ- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता परिवर्तन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दबहादुर पुन, महासचिव देव गुरुङ तथा सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत रहेका उपमहासचिव गिरिराजमणि पोखरेललगायतको उपस्थितिमा बिहीबार स्थायी समिति सदस्य खगराज भट्टलाई...

बालेनको आलोचना गर्ने ४ वडा अध्यक्षमाथि कारबाही

२०८२ जेठ १ गते २२:३०

काठमाण्डू, १ जेठ- काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो आलोचना गर्ने कार्यपालिका अन्तर्गतका चार समितिका संयोजक फेरेका छन् । नगर कार्यपालिका नियमावली २०७४ को नियम १५ अनुसार गरिएको यो पुनर्गठनलाई महानगरले नियमित कार्यसम्पादन प्रक्रियाअन्तर्गतको निर्णय भएको दाबी गरेको छ । योसँगै महानगरपालिकामा...

प्रधानमन्त्री ओलीको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा अर्थहीनः काँग्रेस

२०८२ जेठ १ गते २२:०९

काठमाण्डू, १ जेठ- प्रमुख सत्तारुढ घटक काँग्रेसले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने प्रधानमन्त्री केपी ओलीको नारामा आपत्ति जनाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै काँग्रेस प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नाराले मात्र देश विकास सम्भव नहुने बताए ।...

बनस्थलीस्थित चार्जिङ सेन्टरबाट माइक्रोबस चोरीः एक जना पक्राउ

२०८२ जेठ १ गते २१:४४

काठमाण्डू, १ जेठ- काठमाण्डूबाट माइक्रोबस चोरी गर्ने एक जना पक्राउ परेका छन् । बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरबााट बागमती प्रदेश ०१–००२ज६७६६ नम्बरको माइक्रोबस २९ चैत २०८० मा चोरी भएको थियो । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ का १९ वर्षीय सुदीप थापा छन्...

झ्यापझ्याप बत्ती जान थालेपछि उपभोक्ताले सम्झिए कुलमान

२०८२ जेठ १ गते २१:२३

काठमाण्डू, १ जेठ काठमाण्डू उपत्यकामा बिहीबार लोडसेडिङको झल्को दिने गरी पटकपटक बिजुली गएको छ । पटकपटक बत्ती आउने र जाने भएपछि उपत्यकाबासी अवाक भए । सामाजिक सञ्जाल प्रयोगकर्ताले झ्यापझ्याप बत्ती जानुको कारणबारे सरकारसँग जवाफ मागेका छन् । सरकारले अघोषित रुपमा लोडसेडिङ गराएको आरोप उनीहरुले...

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

२०८२ जेठ १ गते १८:१९

काठमाण्डू, १ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले पर्सि शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाएको एक नेताले जानकारी दिएका छन । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो...

तीन सांसदको पद निलम्बनमा, एक फरार

२०८२ जेठ १ गते १७:३४

काठमाण्डू, १ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद पनि स्वतः निलम्बनमा हुने भएको छ । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधि खरिद प्रकरणमा आयोगले पूर्व मन्त्री बस्नेतसहित १६ जना र...

अबको दिन हाम्रो हुनेछः प्रचण्ड

२०८२ जेठ १ गते १७:१२

काठमाण्डू, १ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका दिन आफ्नो दिन हुने बताएका छन । जेठ २ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्गको अभियानका लागि आज (बिहीबार) बैतडीको पाटन आएका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले स्थानीय जनताको...

सरकार सञ्चालनका विषयमा कांग्रेस र एमालेबिच समस्या छैनः गृहमन्त्री

२०८२ जेठ १ गते १६:५२

काठमाण्डू, १ जेठ– गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल कांग्रेस र एमालेबीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको बताएका छन । आज (बिहिबार) सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले कांग्रेस र एमालेबिचको समीकरण...

दमक भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न दिने

२०८२ जेठ १ गते १६:४४

काठमाण्डू, १ जेठ– सरकारले झापाको दमकमा बनेको भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएका हुन ।...

ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन

२०८२ जेठ १ गते १६:३८

काठमाण्डू, १ जेठ– काठमाण्डूको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन भएको छ । बुधबार काठमाण्डूको नागढुंगास्थित सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका हुन् । घटनाबारे छानबिन गर्न एसपी पदम बहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us