समाचार

राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति गरिन्छः प्रधनामन्त्री ओली

२०८२ जेठ १ गते १४:०९

काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने स्पष्ट पारेका छन  । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको...

राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैनः प्रधानमन्त्री

२०८२ जेठ १ गते १४:०२

काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने स्पष्ट पारेका छन । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको...

मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन

२०८२ जेठ १ गते १३:५०

काठमाण्डू, १ जेठ– पूर्व मन्त्री एवं सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो...

प्रधानमन्त्रीको सल्लाहकार टिमप्रति कांग्रेस सांसद रामहरिले उठाए प्रश्न

२०८२ जेठ १ गते १३:३४

काठमाण्डू, १ जेठ– सत्ता घटक दल कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री लगायतले राख्ने सल्लाहकारको विषयमा प्रश्न गरेका छन । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारे प्रश्न गरेका हुन । उनले प्रधानमन्त्री सल्लाहकार कति छन् भनेर तिनबारे उल्लेख गर्दै प्रश्न...

टेरामक्स प्रकरणः पूर्वमन्त्री मोहन बस्नेत र दिगम्बर झासहित १६ जनाविरुद्ध मुद्दा दायर

२०८२ जेठ १ गते १३:२४

काठमाण्डू, १ जेठ– पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट...

टेरामक्स प्रकरणः पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

२०८२ जेठ १ गते १३:१६

काठमाण्डू, १ जेठ– पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट...

संतुगलको आरआर कम्प्लेक्समा आगलागी 

२०८२ जेठ १ गते ८:३७

काठमाण्डू, १ जेठ-काठमाण्डूको चन्द्रागिरि नगरपालिका  ११ सतुङ्गलमा भीषण आगलागी भएको छ । आरआर कम्प्लेक्समा रहेको कपडा गोदाममा बिहीबार बिहान आगलागी भएको होे । बिहान सवा ५ बजेतिरबाट सुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगो निभाउन काठमाण्डू र भक्तपुर महानगरपालिका तथा चन्द्रागिरी...

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

२०८२ वैशाख ३१ गते २१:४९

काठमाण्डू, ३१ वैशाख- सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगमा पाँचपाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिफारिस समितिको सिफारिसका आधारमा...

शोभाकान्त पौडेल सचिवमा बढुवा

२०८२ वैशाख ३१ गते २१:३७

काठमाण्डू, ३१ वैशाख- सह-सचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले ५८ वर्षे उमेर हदका कारण अवकाश पाएपछि रिक्त पदमा पौडेल बढुवा भएका हुन् । पौडेल यसअघि...

चैनपुरमा घरमै चट्याङ लागेर महिलाको मृत्यु

२०८२ वैशाख ३१ गते २१:३०

संखुवासभा, ३१ वैशाख- संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । उनलाई घरमै बसिरहेका अवस्थामा चट्याङ...

जनता नेता र व्यवस्थाको विरुद्धमा छन्ः वामदेव

२०८२ वैशाख ३१ गते २१:२७

काठमाण्डू, ३१ वैशाख- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।...

पाथीभरा केबलकार निर्माणको बाटो खुल्यो

२०८२ वैशाख ३१ गते २१:२०

ताप्लेजुङ, ३१ वैशाख- ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा पाथीभरा केबलकार निर्माण परियोजना अघि बढ्न कानुनी अवरोध हटेको छ । सर्वोच्च अदालतले केबलकार निर्माण यथास्थितिमा राख्न यसअघि दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश दिएसँगै केबलकार निर्माणको बाटो खुलेको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us