संतुगलको आरआर कम्प्लेक्समा आगलागी 

काठमाण्डु टुडे २०८२ जेठ १ गते ८:३७ मा प्रकाशित

काठमाण्डू, १ जेठ-काठमाण्डूको चन्द्रागिरि नगरपालिका  ११ सतुङ्गलमा भीषण आगलागी भएको छ ।

आरआर कम्प्लेक्समा रहेको कपडा गोदाममा बिहीबार बिहान आगलागी भएको होे । बिहान सवा ५ बजेतिरबाट सुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगो निभाउन काठमाण्डू र भक्तपुर महानगरपालिका तथा चन्द्रागिरी नगरपालिकाका गरी  ६ वटा दमकल प्रयोग गरिएको थियो । सेना, प्रहरी र सशस्त्र प्रहरी आगो निभाउन खटिएका थिए ।

काठमाण्डू प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us