समाचार

काठमाण्डूबाट पोखरा जाँदै गरेको माइक्रोबस दुर्घटना, तीनको मृत्यु, ८ घाइते

२०८२ वैशाख ३१ गते २१:०७

पोखरा, ३१ वैशाख- काठमाण्डूबाट पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ग१ज ८६३० नम्बरको माइक्रो बस पोखराको लामेआहाल नजिकै सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकमध्ये पोखरा–२५ हेम्जाकी ५१ वर्षीया धाङमाया गुरूङको मात्र सनाखत पहिचान भएको...

चिकित्सा शिक्षामा १५ सय बढी सिट खाली

२०८२ वैशाख ३१ गते १८:०९

काठमाण्डू,३१ वैशाख– चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको कोटा अनुसार देशभरका मेडिकल कलेजमा हजारभन्दा बढी सिट खाली रहेका छन । महालेखा परीक्षकको कार्यालयको ६२ औं वार्षिक प्रतिवेदनले प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीको संख्या उल्लेख्य हुँदाहुँदै पनि चिकित्सा शिक्षा तर्फको स्नातक र स्नातकोत्तर तहमा गरी १ हजार...

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको चेतावनीः नागरिक आयोग बनाउन बाध्य नपार्नुस्

२०८२ वैशाख ३१ गते १७:५५

काठमाण्डू,३१ वैशाख– देशभरका ३९ भन्दा बढी द्वन्द्वपीडित संघ–संस्था तथा सञ्जालहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारी चयन प्रक्रियाप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन । पत्रमा उनीहरूले हालको छनौट प्रक्रिया अपारदर्शी, अविश्वसनीय र पीडितमैत्री नभएको भन्दै प्रधानमन्त्रीलाई पीडितको तर्फबाट...

नारायणकाजीले खोजे बजेटमा क्रमभंगता

२०८२ वैशाख ३१ गते १७:५०

काठमाण्डू,३१ वैशाख– आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकमा नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा क्रमभंगता खोजेका छन् । बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै उनले देश ठूलो संकटतर्फ धकेलिरहेको उनले बताए । सुधारका निम्ति...

ट्राफिकका इन्स्पेक्टरबाट कुटिए प्रहरी जवान

२०८२ वैशाख ३१ गते १७:४३

काठमाण्डू,३१ वैशाख– ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक प्रहरी जवान कुटिएका छन । यति बेला काठमाण्डू नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रुपपमा छानबिन प्रक्रिया सुरु गरेको छ ।...

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

२०८२ वैशाख ३१ गते १७:३८

काठमाण्डू,३१ वैशाख– जिल्ला अदालत काठमाण्डूले नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश महेन्द्र बहादुर कार्कीले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा कांग्रेस सांसद राईलाई...

रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

२०८२ वैशाख ३१ गते १४:५०

काठमाण्डू, ३१ वैशाख– सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स–शरीर उपस्थित गराउन आदेश दिएको हो । मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी...

एमालेले एनआरएनएलाई दलीय हितमा प्रयोग गर्दैनः प्रधानमन्त्री

२०८२ वैशाख ३१ गते १४:४८

काठमाण्डू, ३१ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन । आज (बुधबार) काठमाण्डूमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले...

जावलाखेलको चिडियाखानाबाट रेड पाण्डा चोर्ने प्रयास

२०८२ वैशाख ३१ गते १४:४३

काठमाण्डू, ३१ वैशाख– ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको खुलेको छ । मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले...

पोखरामा बस दुर्घटना, २२ जना घाइते

२०८२ वैशाख ३१ गते १४:३७

पोखरा , ३१ वैशाख– पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा हुँदा चालक र सहचालकसहित २२ जना घाइते भएका छन । ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । छोरेपाटन बजारदेखि केही माथि नगर...

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको पहिचान

२०८२ वैशाख ३१ गते १३:३०

काठमाण्डू, ३१ वैशाख– काठमाण्डू महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि दुई घरमा भएको आगलागीमा मृत्यु भएकी वृद्धाको पहिचान भएको छ । आगलागीमा काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन । आज बिहान ग्यास...

कम्पनी बन्द हुँदा साउदीमा चार सय ६९ नेपाली अलपत्र, तत्काल उद्धार गर्न एमाले सांसदको माग

२०८२ वैशाख ३१ गते १३:२४

काठमाण्डू, ३१ वैशाख– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा उनले साउदी अरबको जुवेल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us