समाचार

कोशी प्रदेशका मुख्यमन्त्रीको स्वेच्छाचारी र निरंकुश रबैया

२०८२ वैशाख ३० गते २१:११

विराटनगर, ३० वैशाख- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्ष सर्वसाधारण नागरिकका लागि खुला संवादको थलो होइन, गोप्य सत्ता सञ्चालनको ‘सुरक्षित घेरा’ जस्तो बन्दै गएको छ । डेढ महिनादेखि उनको कार्यकक्षमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाइएको छ । जुन निर्णयले प्रदेश सरकारको पारदर्शिता र जवाफदेहितामाथि...

रवीन्द्र मिश्रलाई थुनामा राख्न आठौंपटक म्याद थप

२०८२ वैशाख ३० गते २१:००

काठमाण्डू, ३० वैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाण्डू जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनी गत १५ चैतमा तीनकुनेमा आयोजित राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहितलाई राज्यद्रोह,...

सरकार ढल्छ भन्नु दिवास्वप्न मात्रैः जुली महतो

२०८२ वैशाख ३० गते १८:००

काठमाण्डू, ३० वैशाख– सत्ता घटक दल एमालेकी सांसद जुली महतो महासेठले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने सोच्न दिवास्वप्न मात्रै हुने दाबी गरेकी छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद महतोले यस्तो बताएकी हुन । उनले...

यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएनः प्रधानमन्त्री

२०८२ वैशाख ३० गते १७:५६

काठमाण्डू, ३० वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले देशको ढुकुटी रित्तो रहेको बताएका छन् । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले यसअघि...

१५ जेठपछि हुने शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस्ः कमल थापा

२०८२ वैशाख ३० गते १७:४७

काठमाण्डू, ३० वैशाख– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न आग्रह गरेका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले यस्तो बताएका हुन । उनले संविधानले...

६ जेठमा संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

२०८२ वैशाख ३० गते १७:४३

काठमाण्डू, ३० वैशाख– आगामी ६ जेठमा बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्‍मा गराएका हुन् । प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा रहेको छ ।...

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः कांग्रेस सांसद राईविरुद्ध ३७ लाख बढी बिगो मागदाबी

२०८२ वैशाख ३० गते १७:४०

काठमाण्डू, ३० वैशाख– काठमाण्डूको कालीमाटीेस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । सांसद राई यो सहकारीको...

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण:सांसद माया राईविरुद्ध मुद्दा दायर

२०८२ वैशाख ३० गते १७:३६

काठमाण्डू, ३० वैशाख– काठमाण्डूको कालीमाटीेस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाण्डू जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै...

दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई सरकारले रोक्यो एनओसी

२०८२ वैशाख ३० गते १७:३१

काठमाण्डू, ३० वैशाख– सरकारले दक्षिण कोरियामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै एनओसी स्थगित गरेको हो । डी टू र डी फोर भिसा नियमन...

रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो

२०८२ वैशाख ३० गते १७:२१

काठमाण्डू, ३० वैशाख– विभिन्न अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि अदालत पेश गरेको छ । गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रबाट पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि जिल्ला...

सामाजिक सुरक्षा भत्तालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्ने बेला आयोः एमाले सांसद विष्ट

२०८२ वैशाख ३० गते १५:४०

काठमाण्डू, ३० वैशाख– एमाले सचिव समेत रहेका सांसद गोकर्ण विष्ट सरकारले दिँदै आएको सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षाको दायरा अहिलेको जस्तै फराकिलो हुँदै जाँदा राज्यले थेग्न नसक्ने भन्दै उनले यसलाई आगामी बजेटले समीक्षा गर्नुपर्ने धारणा राखेका छन ।...

कारको ठक्करबाट बालकको मृत्यु

२०८२ वैशाख ३० गते १५:३४

काठमाण्डू, ३० वैशाख– सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदा रहेको प्रहरीले जानकारी दिएको छ । उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा सदाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us