काठमाण्डू, ३१ वैशाख– सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स–शरीर उपस्थित गराउन आदेश दिएको हो । मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी...
काठमाण्डू, ३१ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन । आज (बुधबार) काठमाण्डूमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, ३१ वैशाख– ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको खुलेको छ । मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले...
पोखरा , ३१ वैशाख– पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा हुँदा चालक र सहचालकसहित २२ जना घाइते भएका छन । ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । छोरेपाटन बजारदेखि केही माथि नगर...
काठमाण्डू, ३१ वैशाख– काठमाण्डू महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि दुई घरमा भएको आगलागीमा मृत्यु भएकी वृद्धाको पहिचान भएको छ । आगलागीमा काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन । आज बिहान ग्यास...
काठमाण्डू, ३१ वैशाख– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा उनले साउदी अरबको जुवेल...
काठमाण्डू, ३१ वैशाख– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा भूमि विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । प्रतिनिधि सभामा प्रस्तुत गर्नु अगाडि विधेयकमा विरोधको सूचना प्रस्तुत गरिएको थियो । उक्त प्रस्ताव अस्वीकृत भएपछि विधेयक प्रस्तुत गरिएको हो । विरोधको सूचना नेपाल मजदुर किसान पार्टीका...
काठमाण्डू, ३१ वैशाख– प्रहरीले मरेको खसी काटेर बचेको आरोपमा पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय...
काठमाण्डू, ३१ वैशाख– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन विद्यालयहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरूलाई निर्देशन दिएपछि मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो । ‘विद्यार्थीको...
काठमाण्डू, ३१ वैशाख– काठमाण्डूको बागबजारमा एक युवतीको हत्या भएको छ । प्रहरीले हत्या आरोपमा एक जना पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भइ हाल काठमाण्डूको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्त रहेको प्रहरीले जानकारी दिएको छ ।...
विदुर, ३० वैशाख- नुवाकोटमा त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका डुबेर बेपत्ता छन् । बेलकोटगढी नगरपालिका–७ कल्चौंडे भीर नजिकैबाट उनीहरु मंगलबार साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । ११ वर्षीया जेनी डंगोल र ११ वर्षकै सदीक्षा राई डुबेर बेपत्ता भएको सशस्त्र...
काठमाण्डू, ३० वैशाख- थाइल्याण्डबाट नेपालमा लागुऔषध गाँजा तस्करी हुने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डबाट आएका भारतीय नागरिक गाँजासहित पक्राउ परेसँगै यो तथ्य खुलासा भएको हो । सोमबार थाई एयरवेजमार्फत बैंककबाट काठमाण्डू आएका २५ वर्षीय अब्हुदे पाहुनेको सुटकेसबाट प्रहरीले १० किलो...