
काठमाण्डू, ३० वैशाख– आगामी ६ जेठमा बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्मा गराएका हुन् ।
प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा रहेको छ । नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।