१५ जेठपछि हुने शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस्ः कमल थापा

काठमाण्डु टुडे २०८२ वैशाख ३० गते १७:४७ मा प्रकाशित

sf7df8f}F, !% dªl;/ . /fli6«o k|hftGq kf6L{ -/fk|kf_sf] a’waf/ ePsf] Pstf dxflwj]zgdf dGtJo /fVg’x’Fb} cWoIf sdn yfkf . tl:a/ M /Tg >]i7, /f;; .

काठमाण्डू, ३० वैशाख– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न आग्रह गरेका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले यस्तो बताएका हुन । उनले संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् ।

अध्यक्ष थापाले भने, ‘ब्रह्मलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको छ, आन्दोलन शान्तिपूर्ण हुनेछ । हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्मपरिवर्तनको विरुद्धमा छौं, देशको समृद्धि र प्रगति चाहन्छौं ।’

संविधानले दिएको अधिकार प्रयोग गरेर फरक विचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गर्दा हिंसात्मक आन्दोलनको नाम दिएर दबाउने प्रयास नगर्न उनको चेतावनी छ । त्यस्तो दुष्प्रयास भए असजिलो परिस्थिति निर्माण हुने थापाले बताएका छन् । उनले भने, ‘हामी राष्ट्रियता बलियो बनाउन चाहन्छौं । प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदैछ । त्यो चिर्दै अघि बढ्छौं, ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ । दमन गर्न तर्फ अग्रसर भई जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us