
काठमाण्डू, १ जेठ– सरकारले झापाको दमकमा बनेको भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएका हुन ।
वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।