बनस्थलीस्थित चार्जिङ सेन्टरबाट माइक्रोबस चोरीः एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ १ गते २१:४४ मा प्रकाशित

काठमाण्डू, १ जेठ- काठमाण्डूबाट माइक्रोबस चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरबााट बागमती प्रदेश ०१–००२ज६७६६ नम्बरको माइक्रोबस २९ चैत २०८० मा चोरी भएको थियो ।

पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ का १९ वर्षीय सुदीप थापा छन् । उनलाई धादिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।

थापाविरुद्ध चोरी कसुरमा अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी बोहराले बताए । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ ।

चोरी भएको माइक्रो भने अझै फेला परेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us